प्रहरीले भन्यो- नारायणगढ-मुग्लिन सडक र पृथ्वी राजमार्गमा कुनै अवरोध छैन

डिसी नेपाल
१५ असोज २०८२ १०:०३
288
Shares

भरतपुर । बडादसैँको नवौँ दिन आज नारायणगढमुग्लिन सडक र पृथ्वी राजमार्गमा कुनै अवरोध नरहेको प्रहरीले जनाएको छ।

दसैँ सुरु भएसँगै पहिराका कारण पटकपटक अवरुद्ध हुँदै आएको नारायणगढ मुग्लिन सडकमा आज भने निर्वाद रूपमा सवारीसाधन सञ्चालनमा छन्।

हिजोअस्तिको तुलनामा सवारीसाधनको चाप कम रहेको र कुनै अवरोध नरहेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक प्रतीक सिंहले जानकारी दिए। उनका अनुसार दसैँ अवधिभर राजमार्गमा सुरक्षाकर्मी २४सै घण्टा खटिएको र यात्रुलाई कुनै पनि समस्या हुन नदिनेगरी काम गरिरहेका छन्।

मङ्गलबार साँझ ७ः३० बजे इच्छाकामना गाउँपालिका५ स्थित तुइन खोलामा लेदोसहितको पहिरो खस्दा सडक दुइतर्फी अवरुद्ध भएको थियो। पहिरो पन्छाएसँगै ८ः४० बजेदेखि सडक दुइतर्फी सञ्चालनमा आएको थियो।

गएरातिसम्म सवारीसाधनको चाप रहे पनि हाल निकै कम रहेको प्रहरीले जनाएको छ। तुइन खोलामा पटकपटक पहिरो खस्दा यात्रुले सास्ती भोग्दै आएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.