सडकको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न आग्रह
काठमाडौं। सडक डिभिजन कार्यालय भरतपुरले बुधबार अपराह्नदेखि अविरल वर्षा भएकाले सडकको बारेमा जानकारी लिएर मात्रै यात्रा गर्न आग्रह गरेको छ।
उक्त कार्यालयले चाडपर्वको समयमा वर्षा भएकाले यात्रा गर्दा सम्बन्धित निकायबाट सडकको अवस्थाबारे बुझेर मात्रै सावधानीपूर्वक सुरक्षित यात्रा गर्न आग्रह गरेको हो।
अहिलेसम्म मुग्लिन -नारायणगढ, मुग्लिन- काठमाडौं, मुग्लिन -पोखरा, नारायणगढ- बुटवल, बुटवल- पोखरा, नारायणगढ -हेटौंडा र धार्के -सितापाइला सडक खण्डको अवस्था राम्रो रहेको कार्यालयले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment