नारायणगढ–मुग्लिन सडकको अवस्था कस्तो छ?

डिसी नेपाल
१६ असोज २०८२ ९:१४
4
Shares

काठमाडौं । सडक डिभिजन कार्यालय भरतपुरले मुग्लिननारायणगढ सडक खण्डको अवस्था सामान्य रहेको जनाएको छ।

बिहीबार बिहान उक्त सडक खण्डमा सवारीका साधनहरू निर्बाध सञ्चालनमा छन्।

डिभिजनबाट तैनाथ अवस्थामा रहेको उपकरण प्रयोग गरी उपकरण चालक अमर गुरूङमार्फत सामान्य रूपमा झरेका ढुंगा/लेदो पन्छाउने कार्य भइरहेको सडक डिभिजनले जनाएको छ।

दसैंकै बीचमा मनसुन सक्रिय हुने भएकाले यात्रा गर्दा सम्बन्धित निकायमा सडकको अवस्थाबारे बुझेर मात्रै सावधानीपूर्वक सुरक्षित यात्रा गर्न सडक डिभिजनले आग्रहसमेत गरेको छ।

पछिल्लो समय मुग्लिननारायणगढ खण्डको तुइन खोलानजिकै निरन्तर सुख्खा पहिरो झरेर दुःख दिइरहेको छ। पछिल्लो समय डेढ हप्तामा त्यहाँ १४ पटकसम्म बाटो अवरूद्ध भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.