झापामा बस दुर्घटना : दुईको मृत्यु, १३ जना घाइते
झापा । झापाको बिर्तामोडमा यात्रुवाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
बिहीबार बिहान ९:३० बजे बिर्तामोड-६ स्थित बुट्टाबारीमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०११–००१ ख ४४५९ नम्बरको सगरमाथा यातायातको यात्रुबाहक बस अनियन्त्रित भई सडकबाट पाँच मिटर तल खस्दा दुई जनाले ज्यान गुमाएका हुन्। दुर्घटनामा १३ जना घाइते भएका छन्।
ज्यान गुमाउनेमा सुनसरी, इटहरी उपमहानगरपालिका–११ का ४६ वर्षीय दिनेशकुमार भट्टराई र मोरङ, रंगेली नगरपालिका–२ का ४२ वर्षीय बस कन्डक्टर राजकुमार चौधरी रहेका छन्।
घाइते हुनेमा इटहरी–११ का ३८ वर्षीय गुलसनराज शर्मा, उनकी श्रीमती ३६ वर्षीया अंकिता शर्मा, ६ वर्षीया छोरी मनसुइ शर्मा र ३७ वर्षीया बिनु शर्मा छन्। प्रहरीका अनुसार मनसुइ र बिनुको टाउकोमा चोट लागेको छ।
त्यस्तै, मोरङको विराटनगर–२ का ४२ वर्षीय सहचालक सोमकुमार भुजेल, पाँचथर कुम्मायक–६ की २८ वर्षीया गंगा लिम्बू, झापा कमल–७ का ८ वर्षीय लोजिहाङ लावती, २३ वर्षीया सुहाना लिम्बू र ५ वर्षीय भतिजा मेङ्सो लिम्बू पनि घाइते भएका छन्।
यस्तै, विराटनगर–१ की १७ वर्षीया अनुषा भट्टराई, ३६ वर्षीया मञ्जु खतिवडा, झापा दमक–१ की ६० वर्षीया राधिका खतिवडा र ताप्लेजुङ, फाक्तालुङ–१ का राकेश लिम्बू छन्।







डिसी नेपाल







Facebook Comment