दसैंका दिन प्रधानमन्त्री कार्की मृतकका परिवारलाई भेट्दै

डिसी नेपाल
१६ असोज २०८२ १३:५५
68
Shares

काठमाडौ। प्रधानमन्त्री सुशीला कार्कीले यस वर्षको विजयादशमी टीकाको दिन जेनजी आन्दोलनमा मृत्यु भएका तीन जनाको परिवारलाई भेट्ने भएकी छन्।

प्रधानमन्त्रीले आज अपराह्न सौरनकिशोर श्रेष्ठ, कान्छी नगरकोटी र बुद्धिबहादुर तामाङका परिवारजनसँग भेट गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री कार्की स्वर्गीय श्रेष्ठ, नगरकोटी र तामाङका शोकाकुल परिवारजनलाई भेट्न उनीहरूका परिवार रहेका स्थान क्रमशः काठमाडौ महानगरपालिका१६ बनस्थली, नागार्जुन नगरपालिका३ र कीर्तिपुर नगरपालिका२ मैत्रीनगर पुग्ने कार्यक्रम छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.