ललितपुरका सीडीओद्वारा चोभार गल्छी निरीक्षण, आसपासका बासिन्दालाई सतर्कता अपनाउन आग्रह

डिसी नेपाल
१७ असोज २०८२ १५:५६
128
Shares

काठमाडाैं। केही दिन अति भारीसम्म वर्षा हुने प्रक्षेपण गरिएपछि ललितपुर प्रशासनले उपत्यकाको प्रमुख जलनिकास बिन्दु चोभार गल्छीको निरीक्षण गरेको छ।

जल तथा मौसम विज्ञान विभागले असोज १७ गतदेखि २० गतेसम्म मनसुनी वायुको प्रभावले भारीबर्षा हुने प्रक्षेपण गरेपछि ललितपुर प्रमुख जिल्ला अधिकारीसहित जिल्ला सुरक्षा समितिका सुरक्षा प्रमुखहरुले चोभार गल्छीको निरीक्षण गरेको हो।

नख्खु खोला, बागमती खोला चोभार गल्छी भएर निकास निस्कने क्रममा आसपासका क्षेत्रमा पार्न सक्ने असर र जनधनको सुरक्षा गर्नका लागि निरक्षण गरिएको ललितपुरका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले जानकारी दिए।

उनले चोभार गल्छी आसपासका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरे। तीन दिनसम्म कान्ति लोकपथमा बेलुका ४ देखि बिहान ६ बजेसम्म आवतजावतमा बन्द गरिएको उनले जानकारी दिए।

जिल्लाको बागमती गाँउपालीका लगाएत दक्षिणी भू-भागमा बाढी पहिरोको खतरा रहेकाले जोखिमयुक्त स्थानभन्दा अलि टाढा अस्थायी बसोबासको व्यवस्था मिलाउन सम्बन्धीत पालीकालाई पत्राचार गरिसकेको ललितपुर प्रशासनले जनाएको छ।

प्राकृतिक बिपद् न्यूनिकरणका लागि आवश्यक सवै सुरक्षा तयारी गरिएको ललितपुरका प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.