पाँचथर जीप दुर्घटनाका मृतकको संख्या ६ पुग्यो
काठमाडौं । पाँचथरको कुम्मायक गाउँपालिका-३ कात्तिके डाँडामा भएको बोलेरो दुर्घटनामा ज्यान गुमाउनेको संख्या ६ पुगेको छ।
ताप्लेजुङबाट धरानतर्फ जाँदै गरेको मे१ज ३०५५ नम्बरको बोलेरो गाडी दिउँसो दुर्घटना भएको थियो। दुर्घटनामा ६ जनाले ज्यान गुमाउनुका साथै ६ जना घाइते भएका थिए। घाइतेलाई उद्धार गरी धरान पठाइएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।
प्रहरीका अनुसार अहिले शव बोक्ने काम भइरहेको छ। मृतकको पहिचान खुलेको छैन। बोलेरो सडकबाट पाँच सय मिटर तल खसेको थियो।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment