हेलिकप्टर सञ्चालकले काठमाडौं उपत्यकाभित्रको उद्धारमा नि: शुल्क सेवा दिने
काठमाडाैं। काठमाडौं उपत्यकाभित्र उद्धारका लागि हेलिकप्टर प्रयोग गर्नुपरे नि:शुल्क सेवा दिने घोषणा वायुसेवा सञ्चालक संघले गरेको छ। शनिबार संघका अध्यक्ष मनोज कार्कीले एक विज्ञप्ति जारी गर्दै यो जानकारी दिएका हुन्।
गृह मन्त्रालयले हेलिकप्टर कम्पनीहरूलाई तयारी अवस्थामा रहन अनुरोध गरेको छ। त्यस अनुसार कम्पनीहरूले हेलिकप्टरलाई तयारी अवस्थामा राखिसकेको पनि संघले जनाएको छ।
‘हाल देशका अधिकांश स्थानहरुमा अत्याधिक रुपमा वर्षा भै रहेको र वर्षात्का कारण देशका विभिन्न भू-भागहरुमा वाढीपहिरो जस्ता विपदजन्य अवस्थामा परेका आम नागरिकको उद्धार कार्यको लागि संघमा आवद्ध हेलिकप्टर कम्पनीहरु तयारी अवस्थामा रहेका व्यहोरा जानकारी गराउँदछौं’ संघद्वारा जारी विज्ञप्तिमा छ,’समन्वय अधिकारीको निर्देशन बमोजिम उद्धार कार्य गर्ने व्यहोरा समेत यसै पत्रद्वारा मार्फत जानकारी गर्दछौं।’

No ads found for this position


डिसी नेपाल
Facebook Comment