नारायणघाट-मुग्लिन सडकमा एकतर्फी यातायात सुचारु

डिसी नेपाल
१९ असोज २०८२ १३:४३
72
Shares

काठमाडौं। नारायणघाट-मुग्लिन सडक खण्डमा एकतर्फी रुपमा यातायात सुचारु भएको छ। उक्त खण्डको तुइन खोला क्षेत्रमा शनिबार आएको पहिरो हटाउन थालेसँगै एकतर्फी यातायात सञ्चालन गरिएको सड्क विभागले जनाएको छ।

उक्त खण्डमा पहिरो हटाउने काम चलिरहेको हुँदा सडकमा एकतर्फी यातायात सञ्चालन भइरहेको विभागका प्रवक्ता प्रभात कुमार झाले जानकारी दिएका छन्। उनका अनुसार तीनवटा भारी उपकरणहरूले पहिरो हटाउन सक्रिय रूपमा काम गरिरहेका छन् र चाँडै नै सडक पूर्ण रूपमा सञ्चालनमा ल्याउने योजना छ।

सडकको अन्य सबै खण्डहरू खुला रहेको उनले जनाए। यात्रीहरूलाई तुइन खोला नजिक सतर्क रहन र ट्राफिक निर्देशनहरू पालन गर्न अनुरोध गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.