सप्तकोशीका तीन नदीमा जलसतह खतराको तहमाथि

डिसी नेपाल
१९ असोज २०८२ २२:५०
64
Shares

काठमाडौं। सप्तकोशीका तीन नदीमा जलसतह खतराको तहमाथि पुगेको छ। जल तथा मौसम विज्ञान विभागले अरुण, तमोर र सुनकोशीमा जलसतहले खतरा तह पार गरेकाले नदी तटीय क्षेत्रमा बसोबास गर्नेलाई सचेत हुन आह्वान गरेको छ।

सुनसरीको चतरा क्षेत्रमा बिहानैदेखि खतरा तह पार गरेर कटान भइरहेको विभागका वरिष्ठ जलविज्ञ विनोद पराजुलीले जानकारी दिए। त्यस क्षेत्रमा बिहानदेखि वर्षा रोकिए पनि सप्तकोशीको माथिल्लो भेगमा परेको पानीले यस्तो भएको उनले सुनाए। सप्तकोशीका सहायक नदीको बाढी चतरामा पुग्न १८ घण्टासम्म लाग्छ।

यही असोज २० गते मंगलबार बिहानसम्म यस क्षेत्रमा खतराको तहबाट सतर्कताको तहमा झर्ने अनुमान गरिएको विभागले जनाएको छ। सिन्धुपाल्चोकको नाकोतेमा भने हिउँ पग्लिएर जल सतह बढी आज सतर्कताको तहमा पुगेको छ। यसबाट आत्तिनु पर्ने अवस्था नरहेको वरिष्ठ जलविज्ञ पराजुलीले बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *