भैरहवाबाट एक सय ५७ जनाको हवाई उद्दार
भैरहवा (रुपन्देही) । अविरल वर्षाका कारण भैरहवामा अलपत्र यात्रुहरूको हवाई उद्धार उडान गरिएको छ।
नेपाल वायुसेवा निगमको ए ३२० विमान ७६ जना यात्रुसहित दिउँसो ३ः४३ बजे भैरहवा अवतरण भएको थियो। भैरहवाबाट भने विमानले ५ः४० बजे एक सय ५७ जना यात्रु बोकेर काठमाडौँ फर्किएको गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलका सूचना अधिकारी विनोदसिंह राउतले जानकारी दिए।
उद्धार उडानमा अशक्त, वृद्धवृद्धा, बिरामी तथा अत्यावश्यक यात्रुलाई प्राथमिकता दिइएको उनले बताए।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment