देशका पहाडी भू-भागका केही स्थानमा हल्का वर्षाको सम्भावना

डिसी नेपाल
२३ असोज २०८२ ७:१५
8
Shares

काठमाडौं। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव क्रमशः कमजोर हुँदै गएको छ।

साथै, सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको पश्चिमी भाग प्राय र गण्डकी प्रदेशको पश्चिमी भागको थोरै स्थानहरूमा भने अझै पश्चिमी वायुको प्रभाव रहेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहने छ। देशका पहाडी भू-भागका एक-दुई स्थान हल्का वर्षाको सम्भावना रहेको छ।

यस्तै, आज राति भने कोशी प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहने छ।

कोशी प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.