छिटो शान्ति सुरक्षा कायम गर्ने उद्देश्यका साथ पहल गरेका छौ : नेपाली सेना

डिसी नेपाल
२४ असोज २०८२ १९:१५
72
Shares

काठमाडौं । नेपाली सेनाले आन्तरिक सुरक्षामा पर्न सक्ने असरलाई मूल्याङ्कन गरी छिटो भन्दा छिटो शान्ति सुरक्षा कायम गर्ने उद्देश्यका साथ पहल गरेको बताएको छ।

शुक्रबार एक सूचना जारी गरी शान्ति सुरक्षा कायम गर्ने उद्देश्यका साथ नेपाली सेनाले आवश्यकता अनुसार पहलता लिएको जानकारी गराएको हो।

‘आन्तरिक सुरक्षामा पर्न सक्ने असरलाई वस्तुपरक ढंगले मूल्याङ्कन गरी छिटो भन्दा छिटो शान्ति सुरक्षा कायम गर्ने उद्देश्यका साथ नेपाली सेनाले आवश्यकता अनुसार पहलता लिएको अवगत गराउन चाहन्छौं,’ सूचनामा भनिएको छ।

सेनाले हालको संवेदनशील अवस्थामा विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत संस्था र नेतृत्वलाई जोडेर विभिन्न प्रकारका टिका टिप्पणी र धारणाहरू सम्प्रेषण भएको भन्दै ध्यानाकर्षण भएको समेत जनाएको छ।

आन्दोलनको क्रममा सेनाले गतिविधि शंकास्पद देखिएको भन्दै जनस्तरबाट तीव्र आलोचना भएपछि सेनाले शान्ति सुरक्षामाथि प्रश्न नउठाउन अपील समेत गरेको छ।

‘हालको संवेदनशील अवस्थामा विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत संस्था र नेतृत्वलाई जोडेर विभिन्न प्रकारका टिका टिप्पणी र धारणाहरू सम्प्रेषण भएकोमा नेपाली सेनाको ध्यानाकर्षण भएको छ। नेपाली सेनाले आफ्नो धारणा र गतिविधिहरू नियमित रूपमा प्रेस विज्ञप्ति, प्रेस नोट र आधिकारिक सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै आएको तथ्य समेत जानकारी गराउँदछौ,’ सूचनामा भनिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *