कोशी प्रदेशको पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना

डिसी नेपाल
२५ असोज २०८२ ६:४१
4
Shares

काठमाडौं। यस वर्षको मनसुन नेपालको सम्पूर्ण भू-भागबाट बहिर्गमन भएकाले हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन। शुक्रबारदेखि नेपालबाट मनसुन नेपालबाट बाहिरिएको हो।

आज दिउँसो कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

कोशी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थान हल्का वर्षाको सम्भावना रहेको छ। महाशाखाका अनुसार आज राति कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहने छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.