राउटे बस्ती पसेर युवती जिस्काएको आरोपमा एक पक्राउ

डिसी नेपाल
२५ असोज २०८२ १२:४०
72
Shares

सुर्खेत । राउटे बस्तीमा गएर युवतीलाई दुव्र्यवहार गरेको आरोपमा लेकवेशी नगरपालिका–५ नेटाका राजु रजालीलाई राउटे समुदायले नियन्त्रणमा लिएका छन्।
शुक्रबार राती राउटे बस्ती प्रवेश गरेका रजालीलाई उनीहरुले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका हुन्। फिरन्ते जीवन जिउने लोपोन्मुख राउटे समुदाय लेकवेशी नगरपालिका–९ मा बस्दै आएको छ।

मध्यराती राती राउटे बस्ती छिरेर राउटे समुदायका महिलामाथि दुव्र्यवहार गरेको भन्दै राउटे समुदायले राजु रजाइलीलाई नियन्त्रणमा राखेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी मोनजंग बुढथापाले बताए।

राउटे समुदायको नियन्त्रणमा रहेका रजालीलाई शनिबार बिहान प्रहरीले पक्राउ गरी अनुसन्धान थालिएको डिएसपी बुढथापाले बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *