राष्ट्रपति पौडेल अस्वस्थ, मनमोहन कार्डियोथोरासिक अस्पताल भर्ना

डिसी नेपाल
२५ असोज २०८२ १३:४७
120
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अस्वस्थ भएका छन्। आज बिहान जेनजी अगुवासँगको छलफलकै क्रममा उनको स्वास्थ्यमा समस्या देखिएको थियो।

शीतलनिवासमा छलफल भइरहँदा उनलाई टाउको दुख्ने र वान्ता हुने समस्या देखिएपछि महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक अस्पतालमा भर्ना गरिएको छ।

उनको अवस्था हाल स्थिर छ। राष्ट्रपति पौडेलको उपचारमा डा. रत्नमणी गजुरेलको टोली सक्रिय छ।

आजको छलफलमा प्रधानमन्त्री सुशीला कार्कीसहित २२ जना जेनजी अगुवा सहभागी थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.