इन्टरनेट र एआईका बारेमा २० देशका विज्ञबीच नेपालमा छलफल

डिसी नेपाल
२५ असोज २०८२ १४:३४
16
Shares

काठमाडौं । इन्टरनेट र एआईका विविध विषयमा २० देशका विज्ञले नेपालमा भेला भएर चार दिनसम्म छलफल चलाएका छन्।

इन्टरनेटका क्षेत्रमा लामो समयदेखि काम गर्दै आइरहेको एसिया प्यासिफिक स्कुल अन इन्टरनेट गभर्नेन्सद्वारा आयोजित ‘एपीसिग २०२५’ नाम दिएको सम्मेलन यही असोज २१ देखि २४ गतेसम्म भएको आयोजक संस्थाका अध्यक्ष बाबुराम अर्यालले जानकारी दिए। उनका अनुसार, सम्मेलनमा १६ चरणमा छलफल कार्यक्रम भएका थिए। २२ विज्ञ वक्ताको विषयगत प्रस्तुति रहेको थियो।

सम्मेलनमा १६ देशका सरकारी अधिकारी, सूचना प्रविधिविज्ञ, प्राध्यापक, पत्रकार, वकिल, अधिकारकर्मी, अनुसन्धानकर्तालगायत ३४ फेलो सहभागी भएका उपाध्यक्ष वाकास हसनले जानकारी दिए।

सम्मेलनमा विषयविज्ञ, प्राध्यापक, अनुसन्धानकर्ता, अभ्यासकर्ता र पैरवीकर्ताले इन्टरनेटको सही र जिम्मेवार प्रयोग, यसको नियमन तथा व्यवस्थापन, एआईको प्रयोगले भविष्यमा ल्याउन सक्ने अवसर र चुनौती तथा त्यसको व्यवस्थापन, साइबर सुरक्षा, तथ्यांक सुरक्षा, सामाजिक सञ्जालको प्रयोग, व्यवस्थापन र नियमन, भ्रामक र प्रायोजित सूचनाको विकृति, इन्टरनेटमा पछाडि पारिएका समुदायको पर्याप्त पहुँच र प्रयोगलगायत विषयमा गहन प्रस्तुति रहेको र सहभागीका बीचमा व्यापक छलफल गरिएको थियो।

सम्मेलनमा नेपालसहित भारत, बंगलादेश, म्यानमार, मलेसिया, भुटान, यमन, मंगोलिया, पाकिस्तान, कम्बोडिया, इन्डोनेसिया, काजखस्तान, सिंगापुर फिलिपिन्स, भियतनाम, अस्ट्रेलिया, जापानलगायत २० भन्दा बढी देशका फेलो तथा वक्ता सहभागी भएका इन्टरनेट गभर्नेन्स इन्स्टिच्युटकी निर्देशक सपना शाहीले जानकारी दिइन्।

सहभागीलाई समापन समारोहमा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन र एसिया प्यासिफिक स्कुल अन इन्टरनेट गभर्नेन्सका अध्यक्ष अर्यालले प्रमाणपत्र प्रदान गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.