काठमाडौंमा भोलिदेखि राहदानी आवेदन सेवा सुरु हुने

डिसी नेपाल
२८ असोज २०८२ २२:२३
56
Shares

काठमाडौं। काठमाडौंमा असोज २९ गतेदेखि राहदानी आवेदन सेवा सुरु हुने भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज एक सूचना जारी गरी जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट प्रवाह हुने राहदानी आवेदनसम्बन्धी सेवा भोलिदेखि सुरु गर्न लागेको जानकारी दिएको हो। उक्त सेवा जेनजी प्रदर्शनपछि स्थगित हुँदै आएको थियो।

काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी मुक्तिराम रिजालले भोलि बिहान ७ः०० बजेदेखि साँझ ७ः०० बजेसम्म दुई सेवा (सिफ्ट)मार्फत राहदानी आवेदनसम्बन्धी सेवा प्रदान गर्न लागिएको जानकारी दिए।

जिप्रका काठमाडौंले हाल सीमित आवेदन स्टेसनबाट सुरु गर्न लागेको उक्त सेवाका लागि आवेदन गर्न प्रत्येक दिन साँझ ५ः०० बजे अनलाइन आवेदन स्लट खुल्ने जनाएको छ। राहदानीसम्बन्धी अत्यधिक सेवाग्राहीको चाप भएको र सीमित आवेदन स्टेसन भएकाले सेवाग्राही आवेदन फारममा उल्लेख भएको समयमा उपस्थित भई सहयोग गरिदिनसमेत काठमाडौं प्रशासनले सबैलाई अनुरोध गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *