नेपाली राष्ट्रिय पुरुष फुटबल टोली एसियन कपबाट बाहिरियो

डिसी नेपाल
२८ असोज २०८२ २२:३३
140
Shares

काठमाडौं। आगामी वर्ष साउदी अरेबियामा आयोजना हुने एएफसी एसियन कपमा छनोट हुने नेपालको सपना समाप्त भएको छ। भियतनाको होचिमिन सिटीस्थित थोङ न्हाट खेल मैदानमा आज भएको तेस्रो चरणको आफ्नो चौँथो खेलमा भियतनामसँग नेपाल १-० गोलअन्तरले पराजित भएको हो । तेस्रो चरणमा नेपालको यो लगातार चौँथो हार हो।

समूह एफअन्तर्गत भियतनामविरुद्धको आजको खेल नेपालमा आयोजना हुने भनिएकामा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा एसियन कप छनोट खेल खेलाउन सम्भव नभएकाले नेपाली टोलीले भियतनाममा गएर खेल्नुपरेको हो।

आजको खेलमा नेपाल भियतनामसँग पराजित भएसँगै नेपाल दुई खेलअगावै छनोटबाट बाहिरिएको छ। यसअघि भियतनामविरुद्धको ‘अवे’ खेलमा भने नेपाल ३–१ ले पराजित भएको थियो। त्यसअघि नेपाल मलेसियासँग २-० ले पराजित भएको थियो भने लाओससँग २-१ ले पराजित भएको थियो। अब नेपालले मलेसिया र लाओससँग होम म्याच खेल्न बाँकी छ।

आजको खेलमा नेपालका सुमन श्रेष्ठले खेलको पहिलो हाफमा गरेको आत्मघाती गोलमा भियतनाम विजयी भएको हो। खेलको पाँचौँ मिनेटमा सुमनबाट आत्मघाती गोल भएको थियो। योसँगै चार खेल हारेको नेपाल अंकविहीन हुँदै अंक तालिकाको अन्तिम स्थानमा छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *