आयुसिएनको क्षेत्रीय परिषद् सदस्यमा अधिकारी निर्वाचित

डिसी नेपाल
३० असोज २०८२ १०:३८
32
Shares

काठमाडौं। नेपाल वातावरण पत्रकार समूह (नेफेज) का पूर्वअध्यक्ष रोशनी अधिकारी पाठक अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आइयुसिएन) को क्षेत्रीय परिषद् सदस्यमा निर्वाचित भएकी छन्।

अधिकारी सन् २०२६-२०२९ का लागि आयुसिएनको पूर्व र दक्षिण एसिया क्षेत्रीय परिषद् सदस्यका रूपमा निर्वाचित भएको संयुक्त अरब इमिरेट्सको अबुधाबीस्थित नेपाली दूतावासले जनाएको छ।

यही अक्टोबर ९ देखि १५ तारिखसम्म अबुधाबीमा सम्पन्न आयुसिएन विश्व संरक्षण महासभाका क्रममा भारत, चीन, पाकिस्तान, मलेसिया, जापान र नेपालका सात उम्मेदवारबीच पाँच क्षेत्रीय परिषद् संख्याका लागि प्रतिस्पर्धा भएको थियो।

उक्त महासभाले सन् २०२६-२०२९ अवधिका लागि नयाँ नेतृत्व र देशीय प्रतिनिधिको निर्वाचन सम्पन्न गरेको छ। संयुक्त अरब इमिरेट्सका रजान खलिफा अल मुबारक पुनः दोस्रो कार्यकालका लागि आयुसिएनको अध्यक्ष पदमा सन् २०२६-२०२९ अवधिका लागि निर्वाचित भएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.