सुनको मूल्यमा ऐतिहासिक रेकर्ड, कतिमा हुँदैछ कारोबार?
काठमाडौं। नेपाली बजारमा सुनको मूल्यले बिहीबार नयाँ रेर्कड ब्रेक बनाएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २ हजार रुपैयाँले बढेर २ लाख ५० हजार ९ सय रुपैयाँ कायम भएको छ।
बुधवार छापावाल सुनको मूल्य तोलामा २ लाख ४८ हजार ९०० रुपैयाँ कायम भएको थियो।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। बुधबार ३२ सय ४० रुपैयाँमा कारोवार भएको चाँदी आज ३५ रुपैयाँले बढेर ३२ सय ७५ रुपैयाँमा कारोवार भैइरहेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment