माछा मार्ने क्रममा करेन्ट लागेर एक व्यक्तिको मृत्यु

डिसी नेपाल
३० असोज २०८२ १८:२०
84
Shares

भद्रपुर (झापा)। यहाँस्थित मेचिनगर नगरपालिका–१५ निलकोठीमा माछा मार्ने क्रममा करेन्ट लाग्दा आज एक जनाको मृत्यु भएको छ।

स्थानीय ४२ वर्षीय सन्तोष लिम्बू घर नजिकै रहेको टिमाई नहर (कुलो) मा करेन्ट प्रयोग गरी माछा मार्ने क्रममा अचानक करेन्ट लागी बेहोस भएका थिए।

उनलाई उपचारका लागि मेची आम्दा अस्पताल धुलाबारी पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए।

घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय धुलाबारीबाट प्रहरी टोली खटिएको र आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *