साउनयता चार गैँडा मरे
चितवन । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा साउन यता चार वटा गैँडा मृत अवस्थामा फेला परेका छन्। तीमध्ये दुई वटा भाले एउटा पोथी र एउटाको पहिचान नखुलेको पाइएको हो।
निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार मृत भेटिएका गैँडामध्ये तीन वटा प्राकृतिक कारणले मरेका हुन् भने एउटा विद्युतीय करेन्ट लागेर मरेको हो। पछिल्लो पटक अमलटारी क्षेत्रमा २५ वर्षको गैँडा मृत भेटिएसँगै यस वर्ष चार पुगेको हो।
गत आर्थिक वर्षमा निकुञ्ज क्षेत्रमा २८ वटा गैँडा मरेका थिए । सन् २०२१ को गणनामा चितवन राष्ट्रिय निकुञ्जमा ६९४ गैँडा रहेका थिए।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment