अन्तर्राष्ट्रिय सांस्कृतिक कार्यक्रमका लागि नेपाली कलाकार अयोध्या प्रस्थान
धनगढी । भगवान रामको जन्मस्थल अयोध्यामा आयोजना हुने अन्तर्राष्ट्रिय धार्मिक एवं सांस्कृतिक कार्यक्रमका लागि ३२ सदस्सीय नेपाली कलाकारको टोली आज त्यसतर्फ प्रस्थान गरेको छ।
अयोध्या रामलिला मूल आयोजक समितिको निमन्त्रणामा हाम्रो संस्कृति हाम्रो पहिचानको सहकार्यमा बेलौरी सांस्कृतिक एवं रामलिला समितिका कलाकारको टोली अयोध्या प्रस्थान गरेको हो।
शुक्रबार धनगढीको त्रीनगर नाकामा कलाकार टोली प्रमुख दिनेश कुवँरलाई नेपाली राष्ट्रिय झण्डा हस्तान्तरण गर्दै डेउडा प्रतिष्ठान केन्द्रीय समिति अध्यक्ष एवं हाम्रो संस्कृति हाम्रो पहिचान नेपालका संस्थापक अध्यक्ष सुरत रावत डोटेली कान्छाले बिदाइ गरेका थिए।
कलाकार टोलीलाई शुभकामनासहित विदाइ गर्दै डोटेली कान्छाले भारतमा आयोजना हुने अन्तर्राष्ट्रियस्तरको कार्यक्रममा सुदूरपश्चिमका कलाकारलाई आमन्त्रण गरेकोमा खुसी व्यक्त गरे। उनले नेपाली कलाकारले उत्कृष्ठ प्रस्तुति प्रदर्शन गर्दै कलाकारले देशको गरिमा बढाउने विश्वास व्यक्त गरेका छन्।
कार्तिक १ र २ गते भारतको अयोध्यामा दुई दिनसम्म सञ्चालन हुने कार्यक्रममा रामलिलासँग सम्बन्धित प्रस्तुति कलाकारले प्रदर्शन गर्ने छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment