महिला फुटबलः नेपालको पोष्टमा थाइल्याण्डको दर्जन गोल
काठमाडौं। थाइल्याण्डसँग फराकिलो हार बेहोर्दै नेपाल एएफसी महिला यु-१७ एसियन कपको छनोट चरणबाट बाहिरिएको छ।
थाइल्याण्डको चोनबुरी रंगशालामा भरखरै सम्पन्न समूह ‘एफ’ को निर्णायक खेलमा घरेलु टोली थाइल्याण्डसँग १२-० गोलअन्तरले नेपाल पराजित भएको हो। यो जितसँगै थाइल्याण्डले दुई खेलमा छ अंक जोड्दै अंक तालिकाको शीर्ष स्थानमा रहेर आगामी वर्ष चीनमा आयोजना हुने एसियन कपमा स्थान बनाएको छ।
खेलको पहिलो हाफमा आठ गोल गरेको थाइल्याण्डले खेलको दोस्रो हाफमा चार गोल थपेको हो। त्यस्तै थाइल्याण्डले आफ्नो पहिलो खेलमा तुर्किमिनिस्तानसँग १७-० को फराकिलो जित हासिल गरेको थियो। यता नेपाल भने पहिलो खेलमा तुर्किमिनिस्तानसँग गोलरहित बराबरीमा खेलेको थियो।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment