फूल : एक चेहरा…
गीतकार जफर गोरखपुरी लेख्छन्;
“कहीं हाल-ए-दिल भी सुनाता है चेहरा
न बोलो तो फिर भी बताता है चेहरा
यह चेहरा हक़ीक़त में इक आइना है
बता मेरे चेहरे पे क्या-क्या लिखा है
किताबें बहुत-सी पढ़ी होंगी तुमने
मगर कोई चेहरा भी तुमने पढ़ा है…”
फूल परमात्माको चेहडा हो । त्यो अलौकिक हृदयको ऐना हो । ईश्वरीय हृदयको मणिबान्धव दर्पण फूल हो । नबोलीकन बोल्ने बोली हो । फूल परमात्माको मौनी वाग्मिता हो; मणिमाणिक्य जडित यी सबै रत्नहरू फूलका हुन्, अनेक प्राकृतिक अवयव यिनै हीरा-जवाहरातहरूबाट शुश्रूषु सुशोभित छन् फूलहरू…
फूलले प्रेम सिकाउँछ किनभने फूल निष्कामता हो। फूल त्याग हो। फूल समर्पण हो। फूल भक्ति हो। अपेक्षारहित हुन्छन् प्रेमहरू वास्तवमा, फूल त्यही हो। हो ! प्रेमका यी सबै तत्त्व एकसाथ आफूमा अन्तर्निहित फूल सिङ्गो प्रेमको प्रतीक हो।

प्रेमको प्रेम हुनुको बहुआयामिक तत्त्वहरूको एउटै महाकुम्भ फूल हो। दिव्य सङ्गम हो । साकारबाट निराकार तरफ दैव्य विस्तार हो, प्रेमप्रसारण हो। प्रेमका पवित्र नदीहरूको महासङ्गम ! करोडौँ हृदयहरूको महासङ्गम ! महामेला हो । महाकुम्भको एकै प्रेमप्रतीक फूल हो। फूल तीर्थ हो । महातीर्थ हो।
जीवन आफूमा क्षणभङ्गुर भए पनि बुझाउन आएथे यिनी बोध बडा विराट, विश्वरूप, विशाल ! क्षणभङ्गुरता भित्र अर्थ यति गहन थियो यिनको भीमकाय बडा आयतन हुँदा पनि बुझ्नु त तर यिनलाई फेरि सरल नै थियो, सरलतामा नै थियो… यो जटिल भैदियो !

खै कहाँ गडबड भैगयो ?! फूलका मौनी नाजुक प्रीत, झरनाका उच्चार्यमाण प्रणव ध्वनि गीत, चराका प्रीतका गीत, खोज्नु थियो कुनै फूलको बोधमा केही सङ्गीत…खोज्दै नै यति मिठो गाईरहेछन् कोइली…शहरी कोलाहलबाट दूर असाध्यै गाउँघरका चकमन्नतामा ढुकुरका ‘इश्किया’हरू रूखका टुप्पाबाट देखिँदै नदेखिई प्रसारित… ढुकुर कुर…ढुकुर कुर… आहा ! कति सहज बगेकी थिन् यिनी जिन्दगी मौन हुँदा वित्तिकै बजेको श्रुतिमा आए झैँ स्वाभाविक नदीका छङछङ थिए जीवनमा अस्तित्वका वीणा झङ्कृत…
जीवन ! खै कहाँ हिँड्दियो…

फूल ! फूल निराकार र साकारको प्रेममिलनमा मुस्कुराउने अनुभूतिको दिव्य घटन हो । प्रेमको दिव्यानुभूति फूल हो । प्रेमको पूर्ण फुलाई फूल हो ।
बुगेनभिलीयाका ‘भाइन्स’ उक्लेका घरहरू…र, फर्किएर माथी कौसीबाट वातावरणमा ढकमक्क ठुलाठुला गुलाफी बुकेहरू तिनका प्रसारित छन् अङ्कमाल फिँजिएर …धरती पनि तिनले माथीबाट फर्किएर छौँला कि झैँ… ‘महफिल’ रङ्गाएर गुलाफी…प्रेमकै रङ्गमा…आकाशलाई प्रेमको भेट अर्पण गरिरहेका ती घरमुली रसिक बडा प्रेमी हुन्…
“In a rose, all love stories fit.” —- Efrat Cybulkiewicz
“If you can just appreciate each thing, one by one, then you will have pure gratitude. Even though you observe just one flower, that one flower includes everything. It is not just a flower. It is the absolute.” —- Shunryu Suzuki
“God spoke today in flowers & I, who was waiting in words, almost missed the conversation.” —- Anonymous
“You’re only here for a short visit. Don’t hurry, don’t worry. And be sure to smell the flowers along the way.” —- Walter Hagen
“Flowers are a proud assertion that a ray of beauty out values all the utilities in the world.” —- Ralph Waldo Emerson
“Everything is soul & flowering.” — Rumi
“You can learn a lot of things from the flowers.” —- Alice in Wonderland

“Just imagine becoming the way you used to be as a very young child, before you understood the meaning of any word, before opinions took over your mind. The real you is loving, joyful, and free. The real you is just like a flower, just like the wind, just like the ocean, just like the sun.”—- Don Miguel Ruiz
“If we could see the miracle of a single flower, clearly our whole life would change.” —- Gautam Buddha
“If you look the right way, you can see that the whole world is a garden.”—- Frances Hodgson Burnett
“The daintiness of flowers can even break through the hardness of mountain rocks.”—- Unknown
“A flower’s appeal is in its contradictions – so delicate in form yet strong in fragrance, so small in size yet big in beauty, so short in life yet long on effect.”
—- Adabella Radici
“A flower blossoms for its own joy.” —-
Oscar Wilde
“The world without flowers is like a face without a smile.”—- Unknown
“I must have flowers, always, and always.” —- Claude Monet
“Flowers are for our souls to enjoy.”—- Sioux proverb

“Every flower about a house certifies to the refinement of somebody. Every vine climbing and blossoming tells of love and joy.”
—- Robert G. Ingersoll
“If you really screw up, send roses.” —- Letitia Baldrige
“फूललाई मनाउन फूल पठाउ !!!”
अनि, फर्किएर कोकिलकण्ठी आशा भोसले आफ्नो रोमाञ्चक ‘टीनेज’ आवाजमा घुर्क्याउँछिन्;
“बड़े आए चेहरे पे ये मरनेवाले
दिखावे का अहद-ए-वफ़ा करनेवाले”
गायक विनोद राठौड मनाउन झैँ प्रेमजवाफमा फेरि प्रयास दिन्छन्;
“दिखावा नहीं प्यारकी इंतेहा है”
प्रेमपरीक्षा लिँदै गरेकी झैँ आशा भोसले प्रेममा अझै आश्वस्त हुन नसकेर जवाफमा प्रतिप्रश्न गर्छिन्;
“बता मेरे चेहरे पे क्या क्या लिखा है…”
डा. अल्लामा इकबालले एकदिन लेखेथे :
“हज़ारों साल नर्गिस अपनी बे-नूरी पे रोती है
बड़ी मुश्किल से होता है चमन में दीदा-वर पैदा ।।”
र, फूल “आफ्नो प्रेमचेहडा पढिदिओस् !”, आफ्नो दिलको प्रेमवागमा उनी एक ‘दीदा-वर’ कुरिरहेछिन्…
















Facebook Comment