किसानलाई धानबाली भित्र्याउन चटारो

डिसी नेपाल
१ कार्तिक २०८२ ११:४३
20
Shares

बाजुरा। बाजुराका किसान यतिबेला काटेको धानबाली चुट्नमा व्यस्त रहेका छन्। यहाँका नौं वटै स्थानीय तहका कृषकहरु आफ्नो खेतबारीमा लगाएको धानबाली चुटेर भित्र्याउनमाा व्यस्त छन्।

असारको महिना लगाएको धानबाली यतिवेला काटेर सकिए पश्चात् धमाधम चुट्ने काम चलिरहेको छ। कतिपय बाँकी रहेका ठाउँमा भने धान काट्ने काम जारी नै छ। यहाँका गाउँबस्तीमा स्थानीय बालीनाली भित्र्याउने काममा व्यस्त देखिन्छन्।

बाजुराका नौं वटै स्थानीय तहका किसान बिहानदेखि बेलुकी अवेरसम्म खेतबारीमा व्यस्त छन। खेतमा लगाएको धानसँगै कागुनु, झुमरो, चिनो र फापर काट्ने, सुकाउने,चुट्ने काम भ्याईनभ्याई छ। त्यस्तै खाली भएका खेतबारी जोत्ने,खन्ने,जौ,गहुँ छर्ने काम एकसाथ गरिरहेका छन्।

किसानलाई खेतमा काटेको धानबाली भित्र्याउन भ्याईनभ्याई रहेको बडीमालिका नगरपालिका वडा.नम्बर ७ का स्थानीय कृष्णदेव तिमिल्सेनाले बताए। काटेको अन्नबाली घर भित्र्याउनुपर्ने चटारोले बिहानै खेतमा पुगेपछि राती अवेरसम्म खेतमै काम गर्नुपर्ने बाध्यता रहेको तिमिल्सेनाको भनाइ छ।

बाजुरा जिल्लामा धान खेतिका लागि कुल क्षेत्रफल ७२३० हेक्टर सिंचित र रोपाइँ हुने खेत ५२०० हेक्टर, असिंचित र पाखो धान खेती २०३० हेक्टर रहेको कृषि ज्ञान केन्द्रको तथ्याकं रहेको छ।

त्यस्तै कुल खेती गरिएको जमिन २६१६ हेक्टर छ।कुल खेती गरिएको क्षेत्रफलको २७.३५ मा धान खेती गर्ने गरिएको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ।

बाजुरामा आर्थिक बर्ष २०८०/०८१ मा १६ हजार ५ सय ६५ मेट्रिक टन धान उत्पादन भएको थियो भने आर्थिक बर्ष २०८१/०८२ मा कुल ७ हजार ३ सय ३ हेक्टर क्षेत्रफलमा १७ हजार ५ सय मेट्रिक टन धान उत्पादन भएको थियो यस बर्ष पनि राम्रो धान उत्पादन हुने कृषि ज्ञान केन्द्र बाजुराले अपेक्षा लिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.