धौलागिरि चक्रीय पदमार्गमा पर्यटक र पथप्रर्दशक बेपत्ता
म्याग्दी। म्याग्दी र मुस्ताङ जोड्ने धौलागिरि चक्रीय पदमार्गमा पर्यटक र पथप्रर्दशक बेपत्ता भएका छन्।
म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा रहेको धौलागिरि हिमालको आधार शिविरदेखि मुस्ताङको थासाङ गाउँपालिका- १ मा पर्ने धम्पुस पिक जाने क्रममा एक जना पथप्रदर्शक र एक जना जर्मनका पर्यटक शुक्रबार रातिदेखि सम्पर्कविहीन भएका हुन्।
जर्मनी नागरिक ३२ वर्षीय दामिनो डेल्फाप्लो र पथप्रर्दशक नेपालका मिमा शेर्पाको खोजी भइरहेको मुस्ताङका प्रहरी नायब उपरीक्षक छिरिङकिप्पा लामाले जानकारी दिए। उनीहरुको आज सेभेन समिट ुट्रेकिङु कम्पनीले हेलिकप्टर परिचालन गरेर खोजी गरे पनि नभेटिएका प्रनाउ लामाले बताए।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment