जुम्लामा मार्सी धान भित्र्याउने चटारो

डिसी नेपाल
२ कार्तिक २०८२ १६:०७
20
Shares

जुम्ला । तिहारको चटारोसँगै यतिबेला जुम्लाका किसानलाई जुम्ली मार्सी धान काट्न र थन्क्याउन भ्याइनभ्याइ छ।

विश्वको अग्लो स्थान छुमचौरीदेखि आठवटै स्थानीय तहमा रहेका खेतका लटरम्म फाँटमा झुलेका कालीमार्सी जातको धान उत्पादन हुने गर्छ। धान पाक्ने सिजन भएकाले किसानहरु ब्यस्त बनेका हुन्।

पछिल्ला बर्षहरुमा जुम्ली काली मार्सी धान उत्पादन घट्दै गइरहेको छ। कात्तिक महिनाको पहिलो साता मात्र धान काट्ने धान पछिल्ला बर्षहरुमा तापक्रम बढेकाले चाँडै भित्र्याउने गरिन्छ।

जिल्लाभर २ हजार ९ सय ५० हेक्टरमा धान खेती हुने भएको भएपनि अहिले ६ हजार ३ सय ७७ मेट्रिकटन भन्दा बढी धान उत्पादन हुने गरेको तथ्यांक छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *