अवैध लागूऔषध सहित तीन जना पक्राउ
सुनसरी । धरान उपमहानगरपालिका-११ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल ५ सय ट्याब्लेट र डिकोलिक ५ सय ट्याब्लेट सहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-११ बस्ने ३१ वर्षीय बिकाश परियार, २२ वर्षीय बिजय परियार र सोही उपमहानगरपालिका-१७ बस्ने ३६ वर्षीय ईन्द्र राई रहेका छन्।
इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment