नक्खु कारागारबाट फरार कैदी सङ्खुवासभामा पक्राउ

डिसी नेपाल
२ कार्तिक २०८२ १९:०३
56
Shares

खाँदबारी । जबर्जस्ती करणी मुद्दामा दोषी ठहर भई ललितपुरस्थित नक्खु कारागारमा कैद भोगिरहेका सङ्खुवासभाको खाँदबारी नगरपालिका८ का २७ वर्षीय विशाल विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको छ

गत भदौ २३ र २४ गते देशव्यापी रूपमा भएको जेनजी आन्दोलनका क्रममा विश्वकर्मा नक्खु कारागारबाट फरार भएका थिए फरारपछि उनी निरन्तर लुकीछिपी बस्दै आएको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले आज उनलाई नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक कुमारप्रसाद मैनालीले जानकारी दिए।

प्रहरी नायव उपरीक्षक मैनालीका अनुसार विश्वकर्मालाई खाँदबारी बजार क्षेत्र नजिकबाट पक्राउ गरिएको हो प्रहरीले उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ फरार कैदीलाई पक्राउ गरी कानुनी कारबाहीका लागि आवश्यक प्रक्रिया अघि बढाइएको छ कारागार प्रशासनसँग समन्वय गरी विश्वकर्मालाई पुनः नक्खु कारागार पठाइने उहााले जानकारी दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *