देउसी भट्याउँदै केकी र अन्जनाले खेले ‘परान’ बिशेष देउसी भैलो

डिसी नेपाल
३ कार्तिक २०८२ १२:२१
48
Shares

काठमाडौं। तिहार पर्व सुरु भएसँगै आज यमपन्चकको दोस्रो दिन घरघरमा लक्ष्मी पुजा गरिँदैछ। यसैबीच कलाकारहरु पनि यतिबेला लक्ष्मी पूजाको तयारी गरिरहेका छन्। साथै आज कुकुर तिहार पनि, कुकुरलाई मिठा मिठा परिकार दिएर कुकुर तिहार पनि मनाइँदैछ।

यो पर्वको माहोलमा तिहार सकिए लगत्तै कार्तिक १४ बाट ‘परान’ फिल्म रिलिजको तयारीमा छ। यसै फिल्मका मुख्य दुई नायिका केकी अधिकारी र अन्जना बराइलीले यमपन्चकको पहिलो दिनको साँझमा देउसी खेलेका छन्।

आइतबार राष्ट्रिय लोक सन्चारकर्मी नेपालले इन्द्रेणी समाजको हलमा आयोजना गरेको देउसी भैलो बिशेष कार्यक्रममा ‘परान’ टिमको सहभागीता थियो । जसमा नायिकाद्वय केकी र अन्जनासँगै फिल्मका निर्देशक दिपक प्रसाद आचार्य, प्रोडक्सन म्यानेजर अनिश अधिकारी र समर चौलागाई लगायतको उपस्थिती थियो।

साँझ ५ बजे आयोजना गरिएको देउसी १ घण्टा लामो समय चलेको थियो । जसमा इन्द्रेणी समाजका अध्यक्ष कृष्ण कंडेल, गायक सरोज लामिछाने, युवराज चौलागाई, गायिका शिला आले लगायतले सहजीकरण गरेका थिए।

राष्ट्रिय लोक सन्चारकर्मी नेपालका प्रवक्ता शिखर जंग श्रेष्ठले ‘परान’ फिल्मका कलाकारहरुलाई स्वागत गरेसँगै देउसी भट्याएका थिए । साथै केहिबेर गायक सरोज लामिछानेले देउसी भट्याएर स्वागत गरे।

त्यसपछि निर्देशक दिपक प्रसाद आचार्यले फिल्मबारे जानकारी दिँदै ‘परान’ बिशेष शब्दहरु राखेर देउसी भट्याए । त्यसपछि नायिका केकी अधिकारीले पनि तिहार गीत गाउँदै देउसी भट्याएकी थिइन्।

साथै अर्की नायिका अन्जना बराइलीले पनि तिहारका आफ्नो बाल्यपनका रमणीय पलहरु सम्झिएकी थिइन् । प्रोडक्सन म्यानेजर अनिश अधिकारीले तिहार बिशेष मिठो गीत गाएर माहोल रमाइलो बनाएका थिए ।

नायिका केकीले तिहारमा सबैतिर झिलीमिली हुनेभएकाले पनि तिहार सुरुभएसँगै खुसीयाली छाएको बताइन् । साथै राष्ट्रिय लोक सन्चारकर्मी नेपालका अध्यक्ष चन्द्रमणि गौतमले मौलिकतालाई बिशेष ध्यानमा राख्दै संस्थाले इन्द्रेणी समाजसँगको सहकार्यमा देउसी भैलो कार्यक्रम राखिएको बताए । साथै उनले मौलिकता बोकेको फिल्म भएकाले ‘परान’ टिमलाई स्वागत गर्न पाउँदा निकै खुसी लागेको पनि बताएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.