विपिनको घरमा सन्नाटा, अन्त्यष्टिका लागि महाकाली लगियो शव

डिसी नेपाल
४ कार्तिक २०८२ ८:२२
324
Shares

महेन्द्रनगर । विपिन जोशीको घर रहेको कञ्चनपुरको भीमदत्त नगरपालिका-३ भाषीस्थित मालिकार्जुन टोलमा सन्नाटा छाएको छ।

दुई वर्षअघि अध्ययनका सिलसिलामा इजरायाल एका विपिन जोशी हमासको नियन्त्रणसँगै उनको हत्या भएको थियो। चरणबद्ध रूपमा हमासको नियन्त्रणमा रहेका बन्धक सकुशल रिहा भए पनि कञ्चनपुरका जोशीको भने शव बाकसमा दुई वर्षपछि आउँदा परिवारसँगै सिङ्गो टोल शोकमय बनेको छ।

सोमबार दिउँसो काठमाडौँ पुर्याइएको विपिनको शव नेपाली सेनाको स्काइ ट्रकबाट बेलुकी अबेर धनगढी पुर्याइएको थियो। उनको शव परिवारलाई हस्तान्तरण गर्न नेपालस्थित इजरायली दूतावासका पदाधिकारी विपिनको घरसम्म पुगेका थिए।

विपिनको अन्तिम दाहसंस्कार आज बिहान महेन्द्रनगरस्थित महाकाली नदीमा गरिँदै छ। उनको अन्तिम संस्कारका लागि शव घरबाट महाकाली लगिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.