मुम्बइ पुलिसको प्रियंका चोपडालाई चेतावनी –‘७ वर्षको जेल सजाय हुन सक्छ’

डिसी नेपाल
२५ भदौ २०७६ १५:५९

एजेन्सी। सोनाली बोसको फिल्म ‘द स्काइ इज पिंक’को ट्रेलर रिलिज भएको छ । फिल्मको ट्रेलरलाई धेरै मन पराइएको छ । फिल्ममा प्रियंका चोपडा, फरहान अख्तर र जायरा वसीम मुख्य भूमिकामा छन् । फिल्ममा जायरा वसिम (आयशा)लाई निकै गम्भीर रोग भएको देखाइएको छ । ट्रेलरका डाइलग पनि चर्चामा छन् ।

यही बीचमा फिल्मको ट्रेलरलाई लिएर मुम्बइ पुलिसले एक चेतावनी जारी गरेको छ । महाराष्ट्र पुलिले ट्वीट गर्दै लेखेको छ ‘आइपिसी सेक्सन ३९३ अन्तर्गत ७ वर्षको जेल सजाय र जरिवाना हुन सक्छ ।’ महाराष्ट्र पुलिसले ट्वीटरमा यो सन्देशसँगै शेयर गरेको फोटोमा प्रियंका चोपडाले भनिरहेकी छिन् ‘एकपटक आयशा ठिक होउन् त्यसपछि साथमा बैंक लुट्नेछौं ।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *