भारत र चीनले रूसी तेल खरिद घटाइरहेको ट्रम्पको दाबी

डिसी नेपाल
९ कार्तिक २०८२ १६:१०
24
Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतले अब रूसबाट तेल खरिद “पूर्ण रूपमा घटाउँदै” रहेको दाबी गरेका छन्। ट्रम्पले मलेसिया जाँदै गर्दा यो बयान दिएका हुन्।

ट्रम्पले पहिले नै रुसबाट तेल खरिद गरेबापत भारतमाथि थप २५ प्रतिशत कर लगाइसकेका छन् र अब भारतले कुल ५० प्रतिशत अमेरिकी करको सामना गरिरहेको छ।

राष्ट्रपति ट्रम्प एसियाको एक हप्ता लामो भ्रमणमा छन्, यस क्रममा उनले दक्षिण कोरियामा चिनियाँ राष्ट्रपति सी जिनपिङलाई भेट्नेछन्।

एयर फोर्स वानमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले चीनसँग रूसी तेल खरिदको बारेमा छलफल गर्न सक्ने बताए।

“चीनले रूसी तेलको खरिद उल्लेखनीय रूपमा घटाइरहेको छ, र भारतले यसलाई पूर्ण रूपमा घटाइरहेको छ,” उनले भने।

यसअघि अमेरिकी राष्ट्रपतिले युक्रेन युद्ध अन्त्य गर्न रुससँग सम्झौता गर्न चीनको सहयोग लिन चाहेको बताएका थिए।

चीन रुसको सबैभन्दा ठूलो सहयोगी हो र युक्रेन युद्धलाई लिएर पश्चिमी देशहरूले लगाएको प्रतिबन्धदेखि नै रुसको लागि प्रमुख समर्थन बनेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *