आणविक शक्तिबाट चल्ने बुरेभेस्टनिक क्रूज क्षेप्यास्त्र सफल परीक्षण गरेको रूसको दाबी
काठमाडौं । रुसी सेनाका शीर्ष जनरलले रुसले आणविक शक्तिबाट चल्ने बुरेभेस्टनिक क्रूज क्षेप्यास्त्रको सफल परीक्षण गरेको बताएका छन्।
“हामीले आणविक शक्तिले चल्ने क्षेप्यास्त्रको धेरै घण्टाको उडान गर्यौं,” जनरल स्टाफका प्रमुख गेरासिमोभले टेलिभिजन बैठकमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई भने “क्षेप्यास्त्रले १४,००० किलोमिटर (८,७०० माइल) को दूरी तय गर्यो, जुन यसको अधिकतम दायरा होइन।”
यो कम उचाइको क्षेप्यास्त्र हो, जुन पहिलो पटक २०१८ मा घोषणा गरिएको थियो। यसमा असीमित क्षमताहरू छन् र क्षेप्यास्त्र रक्षा प्रणालीहरूबाट बच्न सक्षम छ भनेर वर्णन गरिएको छ।
जनरल गेरासिमोभले अक्टोबर २१ मा गरिएको परीक्षणको क्रममा मिसाइल १५ घण्टासम्म हावामा रहेको बताए।
पश्चिमा विज्ञहरूले यसअघि यस क्षेप्यास्त्रको रणनीतिक महत्त्व र रुसको सफल परीक्षणको दाबीमाथि शंका व्यक्त गरेका थिए।
पुटिनले २०२३ मा यो क्षेप्यास्त्रको सफल परीक्षण गरेको दाबी गरेका थिए। यद्यपि, यो दाबी स्वतन्त्र रूपमा प्रमाणित हुन सकेन।
No ads found for this position


डिसी नेपाल
Facebook Comment