कसले सखाप पार्यो डायनासोरहरु?

डिसी नेपाल
२५ भदौ २०७६ १९:४५

मेक्सिको सिटी (बीबीसी) । पृथ्वीमा सबैभन्दा विनाशाकारी दिनहरु मध्ये एकको बारेमा वैज्ञानिकहरुले एक प्रमाण फेला पारेका छन् । वैज्ञानिकहरुले मेक्सिकोको खाडीमा फेला परेको एक १३० मीटरको चट्टानको एक टुक्राको परीक्षण गरेका छन् ।

यो चट्टानमा मौजूद केही यस्ता तत्व फेला परेका छन्, जसको बारेमा ६.६ करोड वर्षपहिला एक ठूलो उल्कापीण्ड पृथ्वीमा ठोक्किएपछि यो चट्टान बनेको बताइन्छ । यसको प्रभावबारे यसैबाट अनुमान लगाउन सकिन्छ की यसकै कारण विशाल काय डायनासोर विलुप्त भए । यो उल्का पीण्डसँग ठोक्किएपछि त्यहाँ १०० मीटर चौडा र ३० किलोमीटर गहिरो खाडल बन्यो ।

बेलायती र अमेरिकी अनुसन्धानकर्ताहरुको एक टोलीले खाडल(क्रेटर)मा ड्रिलिंग गर्न हप्ताको समय लगाए । यी वैज्ञानिकहरुले ज नतिजा निकालेका छनु, त्यसको यसअघिका अध्ययनमा पनि पुष्टि भइसकेको छ। जसमा यस विनाशकारी प्राकृतिक प्रकोपबारे विश्लेषण गरिसकिएको छ । करिब २ सय मीटर चौडा क्रेटर मेक्सिकोको युकाटन प्रयाद्वीपमा छ । यसको सबैभन्दा संरक्षित क्षेत्र चिकशुलूबको बन्दरगाहा नजिकै छ ।

वैज्ञानिकहरले जो चट्टानको अध्ययन गरेकाछन्, त्यसलाई सेनोजोइक युगको प्रमाण भनिएको छ । जसलाई स्तनपायी युगका नामले चिनिन्छ ।
यी चट्टान निकै अत्रतत्र भएका तत्वको एक मिश्रण हो, तर यसरी विभाजित भएका छन्, की यसका अवयवहरुको पहिचान हुन सक्ने अनुसन्धानकर्ताहरु बताउँछन् । तलबाट माथि २० मीटरमा धेरैजसो काँचवाला माटो छ, जो गर्मी र ठक्करको दबाबका कारण पग्लिएको चट्टानका कारण बनेको हो ।

यसको अर्को भाग पग्लिएको चट्टानहरुको टुक्राबाट बनेको हो । अथवा त्यो विस्फोटका कारण जो तातो तत्वहरुमा पानी परेपछि भएको थियो । यो पानी त्यो बेला त्यहाँ रहेको समुद्रबाट आएको हो । सायद त्यो समय यो उल्का पिण्ड त्यहाँ खसेपछि समुद्रको पानी बाहिर आएको हुनुपर्छ । तर, जब यो तातो चट्टानमा पर्यो, एक तिब्र क्रिया भयो होला । यो त्यस्तै थियो जस्तो ज्वालामुखीको समयमा जब म्याग्मा मिठो पानीको सम्पर्कमा आउँछ ।

वैज्ञानिकहरुले यो घटनाको प्रभाव एक घण्टामा सबै भएको तर, त्यसपछि पनि पानी बाहिर आएर त्यो क्रेटरमा भरिएको हुन सक्ने अनुमान गरेका छन् । यो चट्टानको अर्को भाग ८० देखि ९० मीटरको भाग त्यो फोहोरले बनेको जो त्यो बेला पानीमा थियो होला ।

चट्टानको भित्री भागबाट सूनामीका प्रमाण पनि भेटिएका छन् । चट्टान भित्र १३ण् मीटरमा सूनामीका प्रमाण फेला परेका छन् । चट्टानमा जमेका पत्रहरु एकै दिशामा छन् र यस्तो लागछ निकै उच्च ऊर्जाको कुनै घटनाका कारण यी जमे होलान ।

वैज्ञानिकहरुले यस प्रभावले एक ठूलो लहर उत्पन्न भएको र क्रेटरदेखि केही किलोमीटर टाढा तटहरुसम्म पुगेको अनुमान गरेका छन् । तर, यी लहर फिर्ता भएर आए होलान अनि चट्टाको बाहिरी भाग जे पदार्थहरुले बनेको छ, यस्तो लाग्छ यो सूनामीको फिर्ती लहरको परिणाम हो ।
ओस्टिनस्थित टेक्सस विश्वविद्यालयका प्रोफेसर तथा अनुसन्धानका सह लेखक शोन गुलिकले भने, ‘यो सबै एकै दिनमा भयो । सुनामी कुनै हवाईजहाजको गतिबाट चल्छ र २४ घण्टा लहरलाई टाढा लैजान र फेरि फिर्ता हुनका लागि पर्याप्त समय हो ।’

प्रोफेसर गुलिकको टोली त्यहाँ फेला परेका प्रमाणका आधारमा सूनामी आएको कुरामा विश्वास गर्छ । किनकी चट्टानको बाहिरी पत्रमा चारकोलको मिश्रण फेला परेको छ। जो यस कुराको प्रमाण हो की ठक्करका कारण जो आगो उत्पन्न भयो होला, त्यो आसपासको जमीनसम्म पुग्यो होला ।

रोचक कुरा अनुसन्धानकर्तालाई चट्टानमा सल्फर कहिँ पनि फेला परेन । यो आश्चार्यको कुरा हो । किनकी यो उल्का पिण्ड सल्फरयुक्त खनिजहरुले बनेको समुद्री तटमा ठोक्किएको थियो । कुनै कारणले सल्फर वाष्प बनेर समाप्त भएको जस्तो लाग्छ ।

यो नतिजाले त्यो सिद्धान्तको समर्थन गर्छ, जसले डायनासोर पृथ्वीबाट विलुप्त कसरी भए भन्छ। सल्फर पानीमा घुल्दा वा हावामा मिल्दा मौसम निकै चिसो भयो होला । मौसम यति चिसो भएका कारण जनाव र रुखविरुवालाई जीवित रहन मुस्किल भयो होला । प्रोफेसर गुलिक भन्छन्, ‘यो प्रक्रियाबाट निस्केको सल्फरको मात्रा अनुमानित ३२५ गीगा टन होला र यो क्रेकटोआ जस्ता ज्वालामुखीबाट निस्कने मात्रा भन्दा निकै धेरै हो । क्रेकाटोआबाट निस्कने सल्फरले पनि मौसमलाई निकै चिसो बनाउन सक्छ ।’

स्तनधारी यो प्रकोपबाट बचे तर डायनासोर यसको प्रभावबाट बाँच्न सकेनन् । १२ किलोमीटर चौडा उल्का पिण्ड, जसले पुथ्वीको क्रस्टमा १०० किलोमीटर चौडा र ३० किलोमिटर गहिरो प्वाल बनाइदिएको थियो। यसबाट २०० किलोमीटर चौडा र केही किलोमीटर गहिरो क्रेटर बन्यो । हाल अधिकांश क्रेटर समुद्रमा दबिएका छन्। जमीनमा यी लाइमस्टोनबाट छोपिएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *