एनपीएलः फाफ डु प्लेसिसले विराटनगरबाट खेल्ने

डिसी नेपाल
१४ कार्तिक २०८२ १७:३४
28
Shares

काठमाडौं। दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)का लागि विराटनगर किंग्सले दक्षिण अफ्रिकाका ब्याटर फाफ डु प्लेसिसलाई भित्र्याएको छ।

शुक्रबार विराटगरले सामाजिक सञ्जालमार्फत डु प्लेसिसलाई अनुबन्ध गरेको जानकारी दिएको हो।

४१ वर्षीय डु प्लेसिसले सन् २०११ देखि २०२२ सम्म दक्षिण अफ्रिकाको राष्ट्रिय टोलीबाट खेलेका थिए। उनले दक्षिण अफ्रिकाका लागि ६९ टेष्ट, १४३ एकदिवसीय र ५० टी–२०आई खेल खेलेका छन्। उनले सन् २०२१ मा टी–२० आईबाट सन्यास लिएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *