रोटरी ३२९२ को पहिलो आवासीय डि.जी. भिजिट-मातृभूमि बालुवाटारद्वारा ऐतिहासिक सुरुवात

डिसी नेपाल
२० कार्तिक २०८२ ७:३९
20
Shares

काठमाडाैं। रोटरी क्लब अफ मातृभूमि बालुवाटार (RCMB) ले रोटरी डिस्ट्रीक्ट ३२९२ को इतिहासमै पहिलो पटक आवासीय शैलीको डिस्ट्रीक्ट गभर्नर (डिजी) भिजिट कार्यक्रम सम्पन्न गर्दै नयाँ इतिहास रचेको छ। कार्यक्रम प्राकृतिक सुन्दरताले भरिएको बल्थली माउन्टेन रिसोर्टमा अत्यन्तै उत्साहका साथ सम्पन्न गरिएको थियो।

यस अवसरमा डिस्ट्रीक्ट गभर्नर रोटेरियन बिनोद कोइराला र फर्स्ट लेडी रोटेरियन विभा कोइराला प्रमुख आतिथ्यमा थिए। साथै कार्यक्रमलाई ए.जी. महेन्द्रराज भुसाल, डिस्ट्रीक्ट सेक्रेटरी रोटेरियन अनिश बज्राचार्य, ज्वाइन्ट डिस्ट्रीक्ट सेक्रेटरी रोटेरियन अर्जुन श्रेष्ठ, विभिन्न डिस्ट्रीक्ट अफिसियलहरू, Rotary Action Group का Dynamite ब्याचमेट प्रेसिडेन्टहरू, अन्य क्लबका प्रतिनिधिहरू, परिवारजन र मित्रहरूको उपस्थितिले विशेषता प्रदान गरेको थियो।

औपचारिक कार्यक्रम अघि, RCMB का सदस्यहरूले “Basic Education & Literacy” क्षेत्रमा केन्द्रित सेवा परियोजना सञ्चालन गर्दै लड्केस्वर आधारभूत विद्यालयका विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरे। क्लब अध्यक्ष रोटेरियन निर्मल ढकालले वितरण कार्यक्रममा रोटरीको मूलमन्त्र “Service Above Self” लाई स्मरण गर्दै भने- “रोटरी केवल सहयोगको संस्था होइन, यो मानवीय भावनाको मञ्च हो। मातृभूमि बालुवाटार सधैं समुदायका आवश्यकता अनुसार सहयोगका लागि उपस्थित हुनेछ।”

विद्यार्थीहरूलाई न्यानो कपडा र साथमा स्नेह प्रदान गरिएको यो कार्यक्रमले रोटरीको मानव सेवा भावनालाई उजागर गरेको थियो। सेवा परियोजनापछि, डिजी बिनोद कोइराला र अध्यक्ष निर्मल ढकालले सबै RCMB सदस्य तथा डिस्ट्रीक्ट अफिसियलहरूको उपस्थितिमा Rotary Wheel को उद्घाटन गरे।

बल्थली माउन्टेन रिसोर्टको रमणीय दृश्यको बीचमा उद्घाटन गरिएको यो प्रतीकात्मक कार्यले रोटरीको सार्वजनिक छविलाई सुदृढ गर्दै Rotary In Action भन्ने सन्देश दिएको थियो। मुख्य औपचारिक कार्यक्रम साँझ सुरु भएको थियो, जसमा क्लबको प्रगति, आगामी योजनाहरू र विभिन्न क्षेत्रका उपलब्धिहरू प्रस्तुत गरियो।

डिस्ट्रीक्ट गभर्नर बिनोद कोइरालाले आफ्नो मन्तव्यमा मातृभूमि बालुवाटारको सक्रियता, सिर्जनशीलता र सहकार्यप्रतिको दृष्टिकोणको प्रशंसा गरे। उनले भने- “RCMB ले नयाँ सोच, नयाँ शैली र सशक्त टोलीमार्फत Rotary 3292 मा एउटा प्रेरणादायी उदाहरण स्थापित गरेको छ।” त्यसैगरी, ए.जी. महेन्द्रराज भुसाल र डिस्ट्रीक्ट अफिसियलहरूले पनि क्लबको निष्ठा र नविनता-उन्मुख दृष्टिकोणको उच्च मूल्यांकन गरे। कार्यक्रमको औपचारिक भाग सम्पन्न भएपछि, सबै सहभागीहरूले संगीत, नृत्य र स्वादिष्ट भोजनको साथमा रमाइलो फेलोशिपका क्षण बाँडे।

रोटरी परिवारबीचको आत्मीयता र मित्रताको वातावरणले कार्यक्रमलाई अझ यादगार बनायो। अर्को बिहान नास्तासँगै कार्यक्रमको औपचारिक समापन गरिएको थियो।

रोटरी क्लब अफ मातृभूमि बालुवाटारले यस कार्यक्रमलाई ऐतिहासिक र सफल बनाउन सहयोग गर्ने DG बिनोद कोइराला, AG महेन्द्रराज भुसाल, डिस्ट्रीक्ट अफिसियलहरू, Dynamite ब्याचमेट प्रेसिडेन्टहरू, र सबै सहभागी रोटेरियन, परिवार र साथीहरू प्रति हार्दिक आभार व्यक्त गरेको छ। क्लब अध्यक्ष निर्मल ढकालले अन्त्यमा भने, “यो कार्यक्रमले केवल इतिहास निर्माण गरेको छैन, यसले रोटरीको आत्मा -‘Unite for Good’ लाई जीवन्त बनाएको छ। हामी सेवा, मित्रता र सहकार्यका माध्यमबाट अझ धेरै प्रेरणादायी कामहरू गर्नेछौं।” यसैसँग, रोटरी क्लब अफ मातृभूमि बालुवाटारले आवासीय DG Visit को नयाँ अध्याय खोलेर, Rotary District 3292 मा सेवा र सहकार्यको उज्यालो मिसाल प्रस्तुत गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.