शुक्रबार कस्तो रहला देशभरको मौसम?
काठमाडौं। जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन।
देशका अधिकांश भागमा मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ।
कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रहने अनुमान गरिएको छ भने बाँकी भागमा मौसम मुख्यतः सफा रहनेछ।
विभागका अनुसार कोशी र गण्डकी प्रदेशका हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment