रौतहट प्रहरीले ११ जना प्रतिवादीलाई गर्‍यो पक्राउ

डिसी नेपाल
२१ कार्तिक २०८२ १७:२०
36
Shares

रौतहट। रौतहट प्रहरीले जेनजी आन्दोलनको क्रममा कारागारबाट भागेका कैदी सहित विभिन्न घटनामा संलग्न ११ जना प्रतिवादीलाई पक्राउ गरेको छ।

गत भदौ २४ गते जेनजी आन्दोलनको क्रममा गौर कारागारबाट भागेका दुई जना कैदीलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

गाउँघरमा लुकीछिपी बसिरहेको अवस्थामा चन्द्रपुर१ बस्ने ४७ वर्षीय नागेन्द्र माझीलाई पक्राउ गरिएको र देवाही गोनाही६ का सुधीरकुमार राम भने स्वेच्छाले कारागार कार्यालय गौरमा उपस्थित भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी रबिन कार्कीले बताए।

रौतहट जिल्ला अदालतको २०६१ सालको फैसला अनुसार १ वर्ष १ महिना १५ दिन कैद र १ लाख ५४ हजार ७ सय रुपैयाँ जरिवाना ठहर भएका राजदेवी नगरपालिका८ का दिनेश कुमार चौधरी कलवारलाई पनि पक्राउ गरिएको उनले जानकारी दिए।

ईशनाथ नगरपालिका३ का २१ वर्षीय मनिष कुमार साहलाई १८ गते झाझ पुलनजिक पक्राउ गरिएको प्रहरीले जनाएको छ।

यस्तै ईशनाथ नगरपालिका७ का जादोलाल साहलाई अदालतको फैसलाअनुसार एक महिनाको कैद सजाय भएपछि पक्राउ गरी अदालतमा उपस्थित गराइएको रौतहट प्रहरीले जनाएको छ।

यी लगायतका विभिन्न घटनामा संलग्न ११ जना प्रतिवादीलाई पक्राउ गरि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको र थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.