कञ्चनपुरमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
कञ्चनपर। कञ्चनपुरको वेदकोट नगरपालिका–८ आमथलास्थित भित्री सडकखण्डमा आज दिउँसो भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सागर बोहरा अनुसार दुर्घटनामा वेदकोट नगरपालिका–७ सुडाका ३१ वर्षीय शिव रानाको मृत्यु भएको हो।
राना आफैँले चलाएको म२प ८४०२ नम्बरको मोटरसाइकल भारत विहार निवासी अवधेशकुमार महतोले चलाएको मसला बनाउने आर्गो मिक्सचर मेसिनसँग ठोक्किँदा राना गम्भीर घाइते भएका थिए।
उपचारका लागि महाकाली प्रादेशिक अस्पतालमा लगिएकामा उपचारकै क्रममा दिउँसो रानाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक बोहराले जानकारी दिए।
उक्त दुर्घटनामा मोटरसाइकलका पछाडि सवार ३० वर्षीय भीम राना घाइते भएका छन्। उनको हाल महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।







डिसी नेपाल







Facebook Comment