सामाजिक सेवा र नेतृत्व विकासमा लायन्स क्लबको भूमिका उल्लेख्य

डिसी नेपाल
२२ कार्तिक २०८२ १३:०६
16
Shares

काठमाडौं। परोपकारी संस्था लायन्स क्लबका अगुवाहरुले सामाजिक सेवा र नेतृत्व विकासमा देशभरका क्लबहरुको भूमिका उल्लेख्य रहेको बताएका छन्।

देशभर फैलिएका विभिन्न क्लबहरुले समाज विकास र परोपकारी काममा सक्रियता जनाएको पनि उल्लेख गरे।

लायन्स क्लब अफ काठमाडौं, लियो क्लब अफ काठमाडौं मीनभवन र लियो क्लब अफ काठमाडौं सिस्टको नयाँ कार्य समितिको पदभार ग्रहण तथा परिचयात्मक कार्यक्रममा लायन्स क्लब अफ काठमाडौंका निवर्तमान अध्यक्ष लायन गोविन्द प्रसाद गौतमले सामाजिक सेवा र नेतृत्व विकासमा क्लबहरुले अब्बल भूमिका निर्वाह गरिरहेको बताए।

लायन नरेश खड्काले निस्वार्थ सेवा नै सार्थक जीवनको आधार भएको उल्लेख गर्दै क्लबले शैक्षिक क्षेत्रमा पनि उल्लेख्य उपलब्धी हासिल गरेको बताए। उनले लायन्स क्लब अफ काठमाडौंमार्फत शैक्षिक छात्रबृत्ति कोषमार्फत हालसम्म १३ लाख रुपैयाँ बढी जम्मा गरिसकेको जनाए।

लायन श्याम बहादुर श्रेष्ठले फाउन्डेसन स्थापना गरेर थप सेवा गरिरहेको बताए। ५३ वर्ष पूरा गरिसकेको लायन्स क्लब अफ काठमाडौंले वानेश्वरमा आफ्नै भवन स्थापना गरिसकेको र लायन आँखा अस्पताल समेत संचालनमा राखेको जनाइएको छ। सो अवसरमा लायन योगेन्द्र रुम्बाले बर्ष २०२५२६ को क्लब अफिसर बोर्ड डाइरेक्टर गठनका लागि जिम्मेवारी पाएको जनाउँदै पदभार ग्रहण गरिने पदाधिकारीहरूको नाम वाचन गरे। उनले क्लब अध्यक्षमा केशव लोचन शर्माको नाम सुनाए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *