जेनजी केन्द्रको अवधारणापत्र सार्वजनिक

डिसी नेपाल
२२ कार्तिक २०८२ १६:५९
20
Shares

काठमाडौं। ‘प्रतिगमनलाई रोकौं, यथास्थितिवादलाई चिरौं, अग्रगमनकारी परिवर्तनको बाटोमा अगाडि बढौं’ भन्ने मूल नाराका साथ जेनजी केन्द्रको अवधारणापत्र सार्वजनिकीकरण भएको छ। शनिबार पत्रकार सम्मेलनमार्फत जेनजी केन्द्रले अवधारणापत्र सार्वजनिकीकरण गरेको हो।

जेनजी विद्रोहको कार्यभार पूरा गर्ने उद्देश्यका साथ जेनजी केन्द्र गठन भएको बताइएको छ। भ्रष्टाचारको अन्त्य, सुशासन र अभिव्यक्ति स्वतन्त्रताको माग राखी शान्तिपूर्ण ढंगले भदौ २३ गते शान्तिपूर्ण विद्रोह गर्दा २४ गतेको आन्दोलन हुन पुगेको बताइएको छ।

यसैगरी जयश्वर विकले जेनजी विद्रोहको भावना र परिवर्तनको स्पिरिटअनुरुप प्राप्त उपलब्धीको रक्षा गर्दै नेपाली समाजलाई अग्रगमनतर्फ लैजानेगरी जेनजी आन्दोलनलाई पुनर्गठन पर्नुपर्ने निष्कर्षमा आफूहरु पुगेको बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.