वसन्तपुरमा महाकाली नाचको रौनक (फोटोफिचर)
काठमाडौं। वसन्तपुर दरवार स्क्वायर क्षेत्रमा यतिबेला इन्द्रजात्राको रौनक छाएको छ। गत भदौं २५ गते मंगलबारबाट सुरु भएको इन्द्रजात्रा आज तेस्रो दिनमा प्रवेश गरेको छ। ८ दिनसम्म चल्ने यस जात्राको दोस्रो दिन विहान ५४ जना कुमारीको पूजा गरिएको थियो।
हुनमानढोका परिसरमा लिङ्गो ठड्याइएसँगै सुरु हुने यसमा अवधिभर महाकाली नाच तथा अन्य नाच देखाइने गरिन्छ।

यो नाच भक्तपुरबाट ल्याएर वसन्तपुरमा देखाउने चलन रहीआएको छ। यो नाच जात्रा भर साँझ करिब ७ अथवा ८ बजे नाचिन्छ।
यससँगै भक्तपुरबाट ल्याइने कवंचा प्याखं र रामचन्द्र प्याखं पनि विभिन्न स्थानमा नचाइन्छ। असत्यमाथि सत्यको जितको प्रतीकस्वरुप महाकाली नाच नाचिने गरिन्छ।

No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment