पारस खड्का सोमानी सेरामिक्सको ब्रान्ड एम्बेसडर नियुक्त

डिसी नेपाल
२७ कार्तिक २०८२ १७:५२

काठमाडौं । नेपालको नम्बर १ टायल्स र बाथवेयर ब्राण्ड सोमानी सेरामिक्स लिमिटेडले नेपाल तथा दक्षिणपूर्व प्रसिद्धाका लागि नेपाल क्रिकेट टिमका पूर्व कप्तान पारस खड्कालाई आफ्नो आधिकारिक ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ।

बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा खड्कालाई आधिकारिक ब्रान्ड एम्बेसडर नियुक्त गरेको हो। यस्तो सहकार्यले सोमानी सेरामिक्सको नेपाली उपभोक्ताहरुसँगको सम्बन्धलाई अझ गहिरो बनाउने र बजारमा आफ्नो अग्रणी स्थानलाई थप सुदृढ बनाउने उद्देश्य राखेको छ।

पारस सड्का नेपालमा सोमानी सेरामिक्सको ब्राण्ड फेसको रुपमा रहने र उनले टायल्स, बाथवेयर, एडेशिभ र वाटरप्रुफिङ्गलगायत सोमानी सेरामिक्सका सम्पूर्ण उत्पादनहरुको ब्राण्ड प्रवर्धनका विभिन्न क्रियाकलापमा सहभागी गराइने कम्पनीले जनाएको छ।

सहकार्यको बारेमा बोल्दै, सोमानी सेरामिक्सका सहअध्यक्ष सुजित मोहन्तीले खड्कालाई सोमानी परिवारमा स्वागत गर्न पाउँदा खुसी रहेको भन्दै उनको लगनशीलता र उत्कृष्टताको यात्राले नवीनता र नेतृत्वको सिद्धान्तलाई झल्काउने बताए।

सोमानीका मार्केटिङ प्रमुख तथा उपाध्यक्ष अंशुमन चक्रवर्तीले पारस केवल खेलमैदानमा उत्कृष्टता र नेतृत्वका लागि मात्र होइन, आफ्नो इमानदारिता र सकारात्मक प्रभावका लागि पनि सबै पुस्तामा लोकप्रिय रहेको बताउँदै युवादेखि परिवारसम्म सबैमा उनको लोकप्रियता भएकाले उनी सोमानीका गुणस्तर, नवीनता र विश्वासका मूल्यहरुलाई प्रस्तुत गर्नका लागि उत्तम व्यक्तित्व रहेको बताए।

खड्काले यो साभेदारीप्रति उत्साह व्यक्त गर्दै आफुले जीवनमा लिएको मूल्यमाभ्यता जस्तै उत्कृष्ट र गुणस्तरका लागि निरन्तर प्रयास गर्ने ब्राण्डसँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताए।

सोमानी घर सजावटको क्षेत्रमा विश्वसनीयता र प्रिमियम उत्पादनको रुपमा रहेको र आफुले व्यक्तिगत रुपमा पनि कम्पनीको उत्कृष्टताप्रतिको प्रतिबद्धता देखेको बताए।

कार्यक्रमामा कम्पनीले खड्कालाई आगामी दिनमा ब्रान्ड प्रवर्धनका विभिन्न क्रियाकलापमा प्रस्तुत गर्ने जनाएको छ।

कम्पनीले भित्ते र फ्लोर टायल्स्, पोलिस्ट भिट्रिफाइड टायल्स, उलेज्ड टायल्स र स्ल्याब्स, सेनिटरीवेयर, बाथ फिटिस, एडेसिम र ग्राउट्स लगायतका निर्माण सामग्रीहरु कम्पनीले उत्पादन गर्दै आइरहेको छ।

१२,००० भन्दा बढी रिटेल आउटलेट र ५०० भन्दा बढी एक्सक्लुसिभ सोरुमहरु रहेको सोमानि टायल्सको विश्वका ६ महादेशको ८० भन्दा बढी देशहरुमा उत्पादन हरु निर्यात गर्दै आइरहेको छ।

कम्पनीको वार्षिक उत्पादन क्षमता ७५ मिलियन वर्गमिटर छ, जसका लागि भारतभर रहेका आफ्नै दुई प्लान्ट र सात साझेदार कम्पनीहरु संग संयुक्त रुपमा उत्पादन गर्दै आइरहेको छ।

कम्पनीले सेनिटरीवेयर, बाथ फिटिङ्स र एडेसिभ उत्पादनका लागि छुट्टै उत्पादन प्लानटहरु सञ्चालन गर्दै आइरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.