गैरआवासीय नेपाली संघको स्वागतमा हर्षविभोर भए तेक्वान्दो खेलाडी

डिसी नेपाल
२७ कार्तिक २०८२ १८:४१
32
Shares

कतार। कतारमा हुन गइरहेको मैत्रीपूर्ण तेक्वान्डो खेलका लागी नेपालबाट गए राति खेलाडीहरु दोहाको हमाद अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका छन्।

दोहामा आगामी १४ देखि १७ नोभेम्बर २०२५ सम्म हुन लागेको ५ औं कतार तेक्वान्दो ओपन च्याम्पियनसिप (G-1) मा नेपालको प्रतिनिधित्व गर्दै आएका राष्ट्रिय तेक्वान्दो खेलाडीहरूलाई गैरआवासीय नेपाली संघ कतारले स्वागत गरेको छ।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतार (NRNA NCC Qatar) का अध्यक्ष कृष्ण पन्थी, वरिष्ठ उपाध्यक्ष सन्तोष पौडेल लगायतका पदाधिकारी र सदस्यहरूले हमाद अन्तर्राष्ट्रिय विमानस्थल (Hamad International Airport) मा फूलमाला, खादा र टिकाले भव्य रूपमा स्वागत गरेका छन्।

खेलाडी ममता रिजाल भन्छिन्-देशको राजनीतिक उतारचढावले गर्दा खेलाडीहरुलाइ सरकार पक्षबाट हौसला प्रदान नभएपनि गैरआवासीय नेपाली संघ कतारले स्वागत गर्दा आफूहरु हर्षविभोर भएको बताउँछिन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.