मनिष रञ्जन बरालको नयाँ भजन सार्वजनिक

डिसी नेपाल
२८ कार्तिक २०८२ १७:३३
76
Shares

काठमाडौं । भजन गायक मनिष रञ्जन बरालको स्वरमा नयाँ भजन सार्वजनिक भएको छ। गत बुधबार हुनुपर्छ मनदेखि निर्मल बोलको भजन रिलिज गरिएको हो। भजनमा बराल स्वयंको स्वर रहेको छ। गीतमा परम्परागत रुपमा सुन्दै आएका शब्द रहेका छ्न्।

भजन केही समय अगाडि अन्य गायकबाट श्रवण गर्दै आए पनि गायक बरालले नयाँ संस्करणमा रिलिज गरेका हुन्। आरके मिलनको एरेन्जमा रहेको भजनको भिडियो दक्षिणकालीलगायत विभिन्न ठाँउमा छायांकन गरिएको छ।

दर्जनौं भजन बजारमा ल्याइसकेका गायक बरालको कहाँ होला बैकुण्ठ भजनले चर्चा पाएको थियो। भजनलाई मनिष रञ्जन बराल युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *