बंगलादेशमा शेख हसिना मुद्दाको फैसला आज, अदालतको कारबाही प्रत्यक्ष प्रसारण गरिने
काठमाडौं । बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिना विरुद्धको ‘मानवता विरुद्धको अपराध’ को मुद्दामा अदालतले सोमबार आफ्नो फैसला सुनाउनेछ।
बीबीसी बंगला सेवाका अनुसार न्यायाधिकरणको रजिस्ट्री कार्यालयले अदालतले बिहान ११ बजे आफ्नो निर्णय घोषणा गर्ने जानकारी दिएको छ।
अभियोजन पक्षले शेख हसिना र असदुज्जमान खान कमल विरुद्ध अधिकतम सजाय अर्थात् मृत्युदण्डको माग गरेको छ।
यसैबीच, सर्वोच्च अदालतले फैसला आउनुअघि न्यायाधिकरणमा सुरक्षा बढाउन सेना तैनाथ गर्न अनुरोध गर्दै सेना मुख्यालयलाई पत्र लेखेको छ।
शेख हसिना र अन्य तीन अभियुक्तको मुद्दाको फैसला प्रत्यक्ष प्रसारण गरिनेछ। बंगलादेश टेलिभिजन (बीटीभी) ले यसलाई प्रत्यक्ष प्रसारण गर्नेछ।
गत वर्ष, बंगलादेशमा सरकार विरोधी प्रदर्शनका क्रममा हिंसात्मक प्रदर्शनहरूको श्रृंखला देखिएको थियो। तत्कालीन प्रधानमन्त्री शेख हसिनामाथि मानवता विरुद्धका यी अपराधहरूमा संलग्न भएको आरोप लगाइएको थियो।
यो आन्दोलनले शेख हसिनाको सत्ता गुम्यो र उनी देश छोडेर भाग्न बाध्य भइन्। त्यसबेलादेखि उनी भारतमा बस्दै आएकी छिन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment