काठमाण्डु गोर्खाजलाई जनकपुर बोल्ट्सको १३१ रनको लक्ष्य
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)सिजन २ को उद्घाटन खेलमा जनकपुर बोल्ट्सले काठमाण्डु गोर्खाजलाई १३१ रनको लक्ष्य दिएको छ ।
सोमबार कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी खेलमा टस हारेर पहिला व्याटिङ गरेको जनकपुर बोल्ट्सले काठमाडौं गुर्खाजलाई २० ओभरमा ६ विकेट गुमाएर १३१ रनको लक्ष्य दिएको हो ।
जनकपुरका ओपनर आशिफ शेखले भने अर्धशतक पूरा गरे। उनले ४१ बलमा ६ चौका र एक छक्कासहित ५४ रन बनाए। यस्तै मयन यादवले ३४ तथा लाहिरु समराकनले २२ रन बनाए। काठमाण्डुका मिलिन्द कुमार तीन विकेट लिए।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment